मलेसियासँग श्रम समस्या सुल्झाउन सरकारको कूटनीतिक पहल
वि.सं.२०८३ कात्तिक ११ बुधवार ०८:१४
2.19K
shares
shares

काठमाडौँ – नेपाली श्रमिकको छनोट तथा भर्ना प्रक्रियामा देखिएका समस्या समाधान गर्न सरकारले मलेसियासँग कूटनीतिक पहल अघि बढाएको छ ।
श्रम मन्त्रालयले मलेसियासँग संयुक्त कार्यदलको बैठक काठमाडौँमा बस्न प्रस्ताव गरेको छ । आगामी मङ्सिर २–३ वा १६–१७ गतेका लागि प्रस्ताव गरिएको बैठकमा श्रमिक भर्ना प्रक्रिया व्यवस्थित बनाउने र सन् २०१८ को श्रम समझदारी नवीकरणबारे छलफल हुने जनाइएको छ ।
यसैबीच, वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर म्यानेजमेन्ट सिस्टममा एकाधिकार कायम गरेको आरोपमा २५ वटा म्यानपावर कम्पनीमाथि अनुसन्धान थालेको छ । विभागका अनुसार कानुनी प्रक्रिया पूरा गरेर ती कम्पनीमाथि अनुगमन भइरहेको छ ।














