NIMB Long Banner Ad

वर्षा, हावाहुरी र चट्याङको जोखिम, सतर्क रहन आग्रह

1.24K
shares

काठमाण्डौ – चक्रवात ‘अर्नब’को प्रभावले शनिबारसम्म वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्क रहन आग्रह गरेको छ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षा हुन सक्ने भएकाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न र नदी तटीय क्षेत्रमा नबस्न प्राधिकरणले अनुरोध गरेको छ ।

प्राधिकरणले मौसमसम्बन्धी पूर्वसूचनामा ध्यान दिन र जोखिम देखिए सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।