जलवायु सम्मेलनमा नेपालको सहभागिताबारे मन्त्री र सभामुखबीच छलफल
जलवायु एजेन्डा प्रभावकारी बनाउने तयारी
वि.सं.२०८३ कात्तिक १२ बिहीवार १४:३३
1.36K
shares
shares

काठमाडौं । आगामी जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप–३१ मा नेपालको सहभागिता र जलवायु एजेन्डालाई प्रभावकारी बनाउने विषयमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र सभामुख डीपी अर्यालबीच छलफल भएको छ।
छलफलमा जलवायु वित्त, हानि तथा नोक्सानी कोषको उपयोग र सम्मेलनमा सांसदहरूको सहभागितालाई व्यवस्थित बनाउने विषयमा जोड दिइएको मन्त्रालयले जनाएको छ।
सरकारले कोप–३१ अघि राष्ट्रिय जलवायु शिखर सम्मेलन आयोजना गरी नेपालको पर्वतीय रणनीति ‘लिभिङ सगरमाथा’ सार्वजनिक गर्ने तयारी गरेको छ। साथै, सम्मेलनमा नेपालको आधिकारिक अडानपत्र प्रस्तुत गर्ने, छुट्टै पेभिलियन सञ्चालन गर्ने र जलवायु अनुकूलनका प्रयासलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्याउने योजना बनाएको छ।
















