NIMB Long Banner Ad

प्रहरी संगठनमा हलचल, सातै प्रदेशका प्रमुख काठमाडौंमा बोलाइए

690
shares

काठमाडौँ – प्रहरी प्रमुखसहित उच्च अधिकारीलाई पदमुक्त गर्ने चर्चा चलिरहेका बेला प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका प्रहरी प्रमुख र काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजीलाई हेडक्वार्टरमा बोलाएको छ ।

बिहीबार दिउँसो १२ बजेसम्म नक्सालस्थित प्रधान कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरी संगठनको चेन अफ कमान्ड र शान्तिसुरक्षामा असर पार्ने गतिविधिबारे ठोस नीति तय गर्न उनीहरूलाई बोलाइएको स्रोतको भनाइ छ । प्रदेश प्रहरी प्रमुखहरू आउनुअघि नै प्रहरी महानिरीक्षकको अध्यक्षतामा पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी)को बैठक बसेको छ ।