NIMB Long Banner Ad

स्पेनमा दुई तीव्र गतिका रेल ठोक्किँदा ३० जनाको मृत्यु

184
shares

काठमाण्डौ – स्पेनमा दुई वटा तीव्र गतिका रेल आपसमा ठोक्किँदा कम्तीमा ३० जनाको ज्यान गएको छ।

राजधानी मड्रिड र दक्षिणी अन्दालुसिया क्षेत्रलाई जोड्ने रेलमार्गअन्तर्गत टोलिडो क्षेत्रमा दुर्घटना भएको समाचार संस्था रोयटर्सले जनाएको छ। दुर्घटनामा दुई वटा रेलका डिब्बा लिकबाट खसेका छन्।

दुर्घटनापछि उक्त रेलमार्ग पूर्णरूपमा बन्द गरिएको छ। घटनास्थलमा हेलिकप्टर, प्रहरी र एम्बुलेन्ससहित उद्धार टोली परिचालन गरिएको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ।

यसअघि गएको जनवरीमा दक्षिणी स्पेनमा रेल दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको थियो।