तमिल परिवारमा जन्मिएकी नवनीतम नवी पिल्लेलाई नोबेल शान्ति पुरस्कार
वि.सं.२०८३ असोज २३ शुक्रवार १६:४२
shares

काठमाडौं । दक्षिण अफ्रिकाकी कानूनविद् नवनीतम नवी पिल्लेलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने समाचारमा उल्लेख छ । शान्ति र अन्तर्राष्ट्रिय कानूनको प्रवर्द्धनमा पुर्याएको योगदानका लागि उहाँलाई सम्मान गर्न लागिएको जनाइएको छ ।
भारतीय मूलको तमिल परिवारमा दक्षिण अफ्रिकामा जन्मनुभएकी पिल्लेले न्यायिक क्षेत्रमा लामो समय काम गर्नुभएको छ । उहाँले दक्षिण अफ्रिकाको उच्च अदालत, रुवान्डाका लागि अन्तर्राष्ट्रिय आपराधिक न्यायाधिकरण र अन्तर्राष्ट्रिय आपराधिक अदालत (आईसीसी) मा न्यायाधीशका रूपमा सेवा गर्नुभएको थियो ।
पिल्ले संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्च आयुक्तसमेत हुनुभएको थियो । उक्त पदमा रहँदा उहाँले सन् २००९ मा नेपालको भ्रमण गर्नुभएको थियो ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारका लागि योग्य रहेको टिप्पणी गर्नुभएको थियो । गत वर्ष पनि उहाँ पुरस्कारका आकाङ्क्षी रहेको चर्चा चलेको थियो । गत वर्षको नोबेल शान्ति पुरस्कार भने भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोले प्राप्त गर्नुभएको थियो ।














