नेप्से १७ अङ्कले बढ्यो, कारोबार रकम ४ अर्ब ८३ करोड
वि.सं.२०८३ असोज २३ शुक्रवार १६:२९
299
shares
shares

काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज १७.१५ अङ्कले बढेर २ हजार ५९१.८० विन्दुमा पुगेको छ ।
आज सबै समूहको सूचक बढेको छ । बैंकिङ समूह १.२८ प्रतिशतले उकालो लागेको छ । १८० कम्पनीको शेयर मूल्य बढ्दा ८९ वटाको घटेको छ भने १० कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
आज कुथेली बुखारी हाइड्रोपावरको शेयर मूल्य ४.९१ प्रतिशतले बढेको छ भने रिज लाइन इनर्जीको शेयर मूल्य ७.८५ प्रतिशतले घटेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज ३५३ कम्पनीका १ करोड २९ लाख कित्ता शेयर ४ अर्ब ८३ करोड रुपैयाँमा कारोबार भएको छ । हिजो ३ अर्ब ९३ करोड रुपैयाँको कारोबार भएको थियो ।
















