NIMB Long Banner Ad

पशुपति शर्मा लोकदोहोरी प्रतिष्ठानको अध्यक्षमा निर्विरोध

782
shares

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित भएका छन्।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा दीपक केसी र महासचिवमा शिव हमाल पनि निर्विरोध चयन भएका छन्। वरिष्ठ उपाध्यक्षका आकांक्षी रामजी खाँडले उम्मेदवारी नदिएपछि केसी सर्वसम्मत भएका हुन्।

महोत्तरीको बर्दिबासमा जारी प्रतिष्ठानको नवौँ महाधिवेशनले शनिबार नयाँ कार्यसमिति चयन गर्नेछ।