NIMB Long Banner Ad

विजय बराल र पूजा शर्माले थाले ‘रत्यौली’को छायांकन

286
shares

काठमाडौं । अभिनेता विजय बराल र अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहने चलचित्र ‘रत्यौली’को छायांकन सुरु भएको छ।

चलचित्रको निर्माण टोलीले शुभमुहूर्त गर्दै छायांकन सुरु गरेको हो। सामाजिक तथा पारिवारिक कथावस्तुमा आधारित चलचित्रमा बराल र शर्मासँगै अन्य कलाकारको समेत अभिनय रहने जनाइएको छ।

उक्त चलचित्रमा विजय बराल, पूजा शर्मा, लक्ष्मी बर्देवा, अर्जुन देवसन, सम्भ्रान्त थापा, निर्भिक भण्डारी, अल्बिन श्रेष्ठ, कायरा कार्की, सुनिल तामाङ, माया थामी, सन्ध्या नेपाल, संगीता थापा, सानू पाण्डेय, एवानराज उप्रेती, कल्पना थापाको अभिनय छ ।

अभिनेत्री पूजा शर्माको प्रस्तुतिमा तयार हुन लागेको फिल्मका निर्माता सुरज आचार्य हुन् । हरि हुमागाइँ र उत्तम हुमागाइँको छायांकन रहने फिल्मको मुख्य सहायक निर्देशक सुनिल निउरे हुन् ।