NIMB Long Banner Ad

काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा विराजसिंह थापा नियुक्त

195
shares

काठमाडौँ। सरकारले काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रार पदमा विराजसिंह थापालाई नियुक्त गरेको छ।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले उपकुलपतिको सिफारिसमा थापालाई रजिस्ट्रार नियुक्त गरेका हुन्। नवनियुक्त रजिस्ट्रार थापाले बुधबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन्।

थापा काठमाडौँ विश्वविद्यालयमा विगत २२ वर्षदेखि सहप्राध्यापकका रूपमा कार्यरत थिए। उनले नर्वेबाट हाइड्रोपावर विषयमा विद्यावारिधि गरेका छन्।