ताप्लेजुङमा यसरी मनाइयो रोपाइँ जात्रा (फोटोफिचर)
वि.सं.२०८३ भदौ १७ बुधवार १२:५८
182
shares
shares

ताप्लेजुङ। गाईजात्रा पर्वको भोलिपल्ट मनाइने रोपाइँ जात्रा आइतबार ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा मनाइएको छ।
नेपाल भाषा तथा सांस्कृतिक समाज ताप्लेजुङको आयोजनामा जात्रा मनाइएको हो। खेतीपातीको काम सम्पन्न भएको खुसीयालीमा रोपाइँ जात्रा मनाउने परम्परा रहेको समाजका जिल्ला अध्यक्ष शङ्कर श्रेष्ठले बताउनुभयो।
श्रेष्ठका अनुसार मल्लकालीन समयदेखि गाईजात्राको भोलिपल्ट रोपाइँ जात्रा मनाउने चलन रहिआएको छ।
यस वर्ष पनि मनोरञ्जनात्मक कार्यक्रमसहित कृत्रिम रोपाइँ गरेर जात्रा मनाइएको आयोजकले जनाएको छ।

















