कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द (फोटोफिचर)
वि.सं.२०८३ भदौ १७ बुधवार ०८:४०
351
shares
shares

काठमाडौँ । धादिङको कृष्णभीरमा पहिरो खसेपछि काठमाडौँ जोड्ने प्रमुख पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
आइतबार खसेको पहिरोका कारण राजमार्गको दुवैतर्फको सडक बन्द भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। त्रिशूली नदीले सडकको भाग कटान गरेपछि कृष्णभीर क्षेत्रमा पहिरो गएको हो।
राजमार्ग बन्द भएपछि सोही मार्ग हुँदै काठमाडौँ आउने–जाने सवारीसाधन प्रभावित भएका छन्। सडक अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारीसाधन बाटोमै रोकिएका छन्।
सडक खुलाउन आवश्यक पहल भइरहेको भए पनि पहिरो र सडक कटानका कारण तत्कालै यातायात नियमित गर्न चुनौती देखिएको छ।



















