चिलिमे सुरुङमा तीन शव फेला, दुई शव बाहिर निकालियो
वि.सं.२०८३ भदौ ३१ बुधवार १७:२५
689
shares
shares

काठमाडौँ । रसुवा बाढीपछि चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धारका क्रममा बुधबार तीनवटा शव फेला परेका छन् ।
नेपाली सेना र विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले गोताखोरमार्फत सुरुङको अन्तिम किनारासम्म खोजी गर्दा शव फेला पारेको हो ।
सेनाका अनुसार दुईवटा शव बाहिर निकालिएको छ भने बाँकी एक शव निकाल्ने कार्य जारी छ । उद्धार टोलीले चट्टान फोरी करिब एक हजार ५० मिटर बाटो निर्माण गरी सुरुङसम्म पहुँच बनाएको थियो ।


















