NIMB Long Banner Ad

गाजामा भवन भत्किँदा १२ जनाको मृत्यु, सयभन्दा बढी बेपत्ता

910
shares

गाजा सिटी। इजरायली आक्रमणबाट क्षतिग्रस्त गाजाको एक अपार्टमेन्ट भवन भत्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । घटनामा सयभन्दा बढी मानिस बेपत्ता रहेको जनाइएको छ ।

हमासअन्तर्गतको नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बासलका अनुसार गाजा सहरको ताल अल–हवा क्षेत्रनजिकै रातारात भवन भत्किएको हो । बरामद भएका शवमध्ये पाँच बालबालिकाका छन् ।

बासलले सन् २०२४ र मार्च २०२५ मा भवनमा प्रहार भएको बताउँदै जोखिमका बाबजुद अन्य विकल्प नभएकाले मानिसहरू क्षतिग्रस्त भवनमा बस्न बाध्य भएको उल्लेख गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार इजरायली आक्रमणमा गाजाका अधिकांश भवन क्षतिग्रस्त वा ध्वस्त भएका छन् । नागरिक सुरक्षा एजेन्सीले गाजा पट्टीमा करिब दुई हजार भवन ढल्ने जोखिममा रहेको जनाएको छ ।