कालीप्रसाद पराजुली सचिवमा बढुवा, अख्तियारमा पदस्थापन
वि.सं.२०८३ भदौ ३१ बुधवार १९:३६
4.54K
shares
shares

भाद्र ३१ काठमाडौँ । नेपाल सरकारका सहसचिव कालीप्रसाद पराजुली सचिव पदमा बढुवा हुनु भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पराजुलीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
यस अघि शुक्रबार बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले नेपाल प्रशासन सेवातर्फ रिक्त सचिव पदकालागि कालीप्रसाद पराजुली, रुद्रसिंह तामाङ र आभा श्रेष्ठलाई योग्यताक्रमका आधारमा सिफारिस गरेको थियो ।
सिफारिस भएका मध्य बुधबार सचिबमा बढुवा हुनु भएका सहसचिव पराजुली राष्ट्रिय महिला आयोगमा हुनुहुन्थ्यो । बढुवासँगै सरकारले सचिव पराजुलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन गरेको छ ।
सिफारिस दुइ सहसचिव तामाङ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कार्यरत हुनुहुन्छ भने अर्का सहसचिव श्रेष्ठ मधेश प्रदेशमा प्रदेश सचिवका रूपमा कार्यरत हुनुहुन्छ ।
















