मिसिसिपीबाट पहिलो अश्वेत सिनेटर निर्वाचित, डेमोक्रेटिकका कोलोम विजयी
वि.सं.२०८३ कात्तिक २६ बिहीवार १४:१६
shares

काठमाण्डौ – अमेरिकाको मिसिसिपी राज्यमा डेमोक्रेटिक उम्मेदवार स्कट कोलोम सिनेटरमा निर्वाचित हुनुभएको छ । उहाँ १४० वर्षपछि मिसिसिपीबाट अमेरिकी सिनेटमा पुग्ने पहिलो अश्वेत नेता बन्नुभएको छ ।
४३ वर्षीय कोलोमले बहालवाला रिपब्लिकन सिनेटर सिन्डी हाइड–स्मिथलाई पराजित गर्नुभएको हो । कोलोमले ४ लाख ७३ हजार ३३६ मत प्राप्त गर्दा स्मिथले ४ लाख ६८ हजार ६६७ मत पाउनुभयो ।
सन् १९८२ यता रिपब्लिकनले लगातार जित्दै आएको मिसिसिपीमा कोलोमको जितलाई डेमोक्रेटिक पार्टीका लागि ठूलो उपलब्धि मानिएको छ । सन् २०२४ को चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पले यस राज्यमा २२ प्रतिशतभन्दा बढी मतान्तरले जित्नुभएको थियो ।
यसैबीच, पछिल्लो मध्यावधि चुनावमा डेमोक्रेटिक पार्टीले हाउस र सिनेट दुवैमा सफलता हासिल गरेको छ । टेक्सास, साउथ क्यारोलिना र कन्सासजस्ता रिपब्लिकनको बलियो पकड रहेका क्षेत्रमा समेत डेमोक्रेटिक उम्मेदवार विजयी भएका छन् ।
जनमत सर्वेक्षणअनुसार ट्रम्प प्रशासनको आर्थिक नीति र इरानसँगको युद्धप्रति बढ्दो जनअसन्तुष्टि चुनावी नतिजामा प्रतिबिम्बित भएको छ ।
















