NIMB Long Banner Ad

काठमाडौँका १७ स्थानमा छठको तयारी तीव्र

575
shares

काठमाण्डौ – छठ पर्व नजिकिएसँगै काठमाडौँ उपत्यकाका विभिन्न १७ स्थानमा घाट निर्माण, सरसफाइ तथा व्यवस्थापनको काम तीव्र पारिएको छ ।

गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, बागमती किनार, टेकु, वंशीघाट र बल्खुलगायत स्थानमा छठ पूजाको तयारी भइरहेको छ ।

गौरीघाटस्थित छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंहका अनुसार गौरीघाटमा मात्रै ५५७ जना व्रतालुले पूजा गर्न सक्ने गरी घाट निर्माण भइरहेको छ । त्यहाँ सरसफाइ, पाल टाँग्ने, बत्ती जडान तथा आवश्यक पूर्वाधार व्यवस्थापनको काम भइरहेको छ ।

यस वर्ष कात्तिक २८ गते खरना, २९ गते साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य र ३० गते बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुनेछ ।

विशेषगरी तराई मधेशमा मनाइने छठ पर्व पछिल्लो समय काठमाडौँ उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा पनि विस्तार हुँदै गएको छ ।