मकवानपुर इभी दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या १० पुग्यो
वि.सं.२०८३ कात्तिक २६ बिहीवार १३:३१
851
shares
shares

काठमाण्डौ – मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको विद्युतीय गाडी (इभी)दुर्घटनामा मृत्यु भएका चालकको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालक सर्लाहीको कविलासी नगरपालिका–८ का रविशङ्कर कुमार मण्डल रहेका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा पाँच पुरुष, तीन महिला र दुई बालिकासहित १० जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुबाहक इभी बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौँ सडकबाट करिब ५०० मिटर तल खसेको थियो ।
अन्य मृतकको पहिचान र दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
















