श्रीशाके १९४८ वि.सं २०८३ कार्तिक २६ गते बीहीवार (तदनुसार १२ नोभेम्वर सन् २०२६) को राशिफल
ज्येष्ठा नक्षत्रमा जन्मिएका मानिसहरू धेरै बुद्धिमान, छिटो बुझ्ने, तार्किक,नेतृत्व गर्ने क्षमता जन्मजातै हुने गर्दछ । जिम्मेवारीलाई गम्भीरताकासाथ लिने क्षमता हुनेछ । रहस्यमय र गोप्य कुरा नखोल्ने स्वभाव रहने देखिन्छ । आफ्नो काम आफैं गर्ने, अरुको भर नपर्ने ठूलो पद, सम्मान पाउने योग जीवन भरी नै रहनेछ । रिस धेरै छिटो उठ्ने, अलि शंकालु र अरुलाई सजिलै विश्वास नगर्ने स्वभाव देखिन्छ । एक्लै बस्न रुचाउने, भावना लुकाउने,बदला लिने भावना कहिलेकाहीँ हुनेसमेत योग जीवनभरी नै रहनेछ । प्रशासन, प्रहरी, सेना, राजनीति, कानुन, डाक्टर, अनुसन्धान, गुप्तचर, बैंक, व्यवसायमा धेरै सफलता मिल्ने छ ।
वि.सं.२०८३ कात्तिक २६ बिहीवार ०६:००
shares

श्रीशाके १९४८ वि.सं २०८३ कार्तिक २६ गते बीहीवार (तदनुसार १२ नोभेम्वर सन् २०२६) नेपाल संवत् ११४७ कौलाथ्व,रौद्रनाम संवत्सर,कार्तिक शुक्लपक्ष तृतीया तिथि दिउसो ४:११ बजे सम्म, ज्येष्ठा नक्षत्र दिउसो १:३६ सम्म, काल योगा तथा चन्द्रमा बृस्चिक राशिमा ।
ज्येष्ठा नक्षत्रमा जन्मिएका मानिसहरू धेरै बुद्धिमान, छिटो बुझ्ने, तार्किक,नेतृत्व गर्ने क्षमता जन्मजातै हुने गर्दछ । जिम्मेवारीलाई गम्भीरताकासाथ लिने क्षमता हुनेछ । रहस्यमय र गोप्य कुरा नखोल्ने स्वभाव रहने देखिन्छ । आफ्नो काम आफैं गर्ने, अरुको भर नपर्ने ठूलो पद, सम्मान पाउने योग जीवन भरी नै रहनेछ । रिस धेरै छिटो उठ्ने, अलि शंकालु र अरुलाई सजिलै विश्वास नगर्ने स्वभाव देखिन्छ । एक्लै बस्न रुचाउने, भावना लुकाउने,बदला लिने भावना कहिलेकाहीँ हुनेसमेत योग जीवनभरी नै रहनेछ ।
प्रशासन, प्रहरी, सेना, राजनीति, कानुन, डाक्टर, अनुसन्धान, गुप्तचर, बैंक, व्यवसायमा धेरै सफलता मिल्ने छ । ठूलो पदमा पुग्ने योग संगै आफ्नै व्यवसायमा पनि राम्रो गर्ने हुन्छन् । स्वास्थ्यको सन्दर्भमा टाउको दुख्ने, पेट, ग्यास्ट्रिक, नसा सम्बन्धी समस्या, रक्तचाप र मानसिक तनाव हुन सक्ने प्रबल संभावना रहेकोले बिशेष सजगता अपनाउनु आवश्यक देखिन्छ ।
दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। पति पत्नीबीच घर सल्लाह भने नमिल्न सक्छ। काम बिग्रने डरले सताए पनि मेहनत गर्दा फाइदै हुनेछ। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुने देखिन्छ। गरेका कामबाट प्रशस्त लाभ मिल्नेछ। तर, साँझदेखि ईर्ष्या गर्नेहरूले फसाउन सक्छन्।
विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। प्रतीक्षित नतिजाले साँझदेखि उत्साह बढाउनेछ। तार्किक क्षमताले सम्मान दिलाउनेछ। साँझदेखि अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ।
केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। भेटघाटले काममा बाधा पुर्याउनेछ। आँटले काम लिन नसक्दा पछि परिनेछ।
अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला। ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ। परिवारको साथले मन हलुका हुनेछ। हतारमा निर्णय नगर्नुस्।
सर सापटमा धन खर्च हुने समय छ। आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्। स्वास्थ्यको कमजोरीले पढाइमा बाधा पुग्न सक्छ। अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ। सोखले फजुल खर्च बढाउन सक्छ। आलस्य गर्दा काम बीचैमा रोकिन सक्छ। अर्थ संग्रहमा बाधा पुग्नेछ। समयलाई बेवास्ता नगर्नुहोला।
सजिलै काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ। व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। तर्कशक्ति बढ्नुका साथै रोकिएका काम सम्पादन हुनेछन्। आलोचकहरूलाई जवाफ दिन सकिनेछ।
सहयोगीहरूले काममा साथ दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। मनग्य धन आर्जन हुने ग्रहयोग छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिनाले समस्या उत्पन्न होला।
वैदेशिक कामकाजमा फाइदा होला। मनको डर उत्साहमा रूपान्तरित हुने योग छ। टाढाको यात्रा गर्ने मौका छ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन्। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ।
नयाँ कुरा सिक्ने मन हुनेछ। नौकरीमा आफ्नो सीपलाई राम्रो बनाउन ध्यान दिनुस्। कारोबारीलाई नयाँ सम्पर्कबाट लाभको सम्भावना छ। परिवारसँग कुरा गर्दा कुनै समस्याको हल मिल्न सक्छ।
जिम्मेवारीलाई गम्भीरतापूर्वक निभाउने दिन हो। कार्यक्षेत्रमा धैर्य र अनुशासनले काम गर्दा राम्रो परिणाम मिल्नेछ। कुनै पनि आर्थिक सम्झौता गर्नुअघि शर्तहरू ध्यानले पढ्नुस्। घरका बडासँग समय बिताउँदा राम्रो महसुस हुनेछ।
नयाँ विचार तपाईंका लागि उपयोगी साबित हुन सक्छन्। साथी वा सहकर्मीसँग कुनै योजनामा छलफल हुन सक्छ। काममा परिवर्तन गर्नुअघि सबै पक्षमा विचार गर्नुस्। परिवारसँग समय बिताउँदा मन हल्का हुनेछ।
आफ्नो भावना र जिम्मेवारीबीच सन्तुलन बनाएर चल्नुपर्छ। कार्यक्षेत्रमा कुनै नयाँ विचारले अघि बढ्ने प्रेरणा दिन सक्छ। आर्थिक मामिलामा अरुमा मात्र भर नपरी आफैंले पनि जानकारी जाँच्नुस्। परिवारको साथले सुकून मिल्नेछ।
~ज्यो. कलानिधी WhatsApp 9803032959

























