श्रीशाके १९४८ वि.सं २०८३ कार्तिक २५ गते बुधवार (तदनुसार ११ नोभेम्वर सन् २०२६) को राशिफल
भाइटीकाको शुभ साइत - बिहान ११:०७ मिनेटमा । दाजुभाइ पश्चिम फर्कने,दिदीबहिनी पूर्व फर्केर टीका लगाइदिने।
वि.सं.२०८३ कात्तिक २५ बुधवार ०६:००
shares

श्रीशाके १९४८ वि.सं २०८३ कार्तिक २५ गते बुधवार (तदनुसार ११ नोभेम्वर सन् २०२६) नेपाल संवत् ११४७ कौलाथ्व,रौद्रनाम संवत्सर,कार्तिक शुक्लपक्ष द्वितीया तिथि विहान २:१६ बजे सम्म, अनुराधा नक्षत्र विहान ११:१४ सम्म, सैम्य योगा तथा चन्द्रमा बृस्चिक राशिमा । भाइटीका, यमद्वितीया ।
भाइटीकाको शुभ साइत – बिहान ११:०७ मिनेटमा । दाजुभाइ पश्चिम फर्कने,दिदीबहिनी पूर्व फर्केर टीका लगाइदिने।
विशेष सभा समारोहमा भाग लिने मौका छ। मान सम्मान पनि पाइनेछ। धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ। साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ। आयआर्जनका नयाँ स्रोतहरू थपिनेछन्। कामको दायित्व बढ्नेछ।
प्रेम र मित्रताको बन्धन कसिएर जाला। पढाइमा सुधार हुने दिन छ। उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ। व्यापार व्यवसायमा प्रगति हुनेछ। नयाँ उद्योगधन्दाको थालनी गर्न सकिनेछ।
स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ। आर्थिक अभावले सताउन सक्छ। विश्वास गरेकाले धोका दिन सक्छन्, होसियार रहनु होला।
कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। आर्थिक अभावले भने अलि सताउनेछ। व्यवसायमा केही उतार चढाव आउला। पेट र छाती सम्बन्धी समस्याले सताउन सक्छ। विद्यार्थीहरूका लागि भने अनुकूल समय छ।
चुनौतीहरू पन्साउँदै रोकिएका काम बनाउन सकिनेछ। धैर्यले काम लिने समय छ। बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ। कुटुम्बको सहयोग प्राप्त होला। व्यापार व्यवसायमा विस्तार हुनेछ। कृषि कर्म र चौपायाबाट पनि प्रशस्त लाभ हुनेछ।
गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। सन्तानबाट सुख मिल्ने योग छ। रोकिएका काम सुरु हुनेछन्। बौद्धिक पक्ष सबल बन्नुका साथै मान सम्मान पाइनेछ। आय आर्जनका स्रोत बढ्नेछन्।
टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। साथै, धनजनको आर्जन होला। आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन्। यात्राको योग छ। रोजगारीमा बाधा साथै प्रतिकूल स्थानान्तरण जस्ता समस्या आइपर्ने देखिन्छ।
छर छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि समाधान भने हुने नै छ। धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ। घर खर्च पनि बढ्नेछ। पति र पत्नीबीच असमझदारी बढ्न सक्छ, आयआर्जनको कमीले वादविवाद पनि हुन सक्छ।
आयआर्जन बढ्ने र उठ्नु पर्ने रकम हात लागी हुने समय छ। पेटको समस्याले सताउन सक्छ, सचेत रहनुपर्नेछ। साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिन सक्छन्, सावधान रहनु होला।
नयाँ शिप तथा ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। धर्म कर्म र सामाजिक काममा मन जानेछ। परिवारको सहयोगले रोकिएका काम बन्नेछन्। नयाँ जिम्मेवारी पाउने योग छ।
सृजनात्मकता र स्वतन्त्र सोचको समय हो। कार्यक्षेत्रमा नयाँ विचारले प्रशंसा पाइनेछ। पुराना समस्याको समाधान मिल्नेछ। साथीको सहयोगले कार्यमा गति आउनेछ। प्रेममा स्पष्ट संवादले सम्बन्ध बचाउनेछ।
आजको दिन सकारात्मक रहनेछ। परिवारसँग सुखद समय बित्नेछ। अनुभवी व्यक्तिको सल्लाह उपयोगी साबित हुनेछ। आर्थिक स्थिति बलियो हुनाले सुख-सुविधामा वृद्धि हुन सक्छ। पुरानो शारीरिक समस्याबाट राहत मिल्ने सम्भावना छ।
~ज्यो. कलानिधी WhatsApp 9803032959























