NIMB Long Banner Ad

मोदीको १२ वर्षे कार्यकालमा विदेश भ्रमणमा ९ अर्ब भारुभन्दा बढी खर्च

943
shares

काठमाण्डौ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको १२ वर्षे कार्यकालमा विदेश भ्रमणका क्रममा ९ अर्ब भारतीय रुपैयाँभन्दा बढी खर्च भएको छ ।

भारतीय विदेश मन्त्रालयले संसदमा दिएको जानकारीअनुसार सन् २०१४ जुनदेखि २०२६ जुलाईसम्म मोदीले ८१ देशको १८३ पटक भ्रमण गर्नुभएको छ ।

यस वर्षको जुलाईसम्म मात्रै उहाँका १६ विदेश भ्रमणमा कम्तीमा ७४ करोड ६० लाख भारु खर्च भएको छ । सन् २०१५ मा मोदीले सबैभन्दा धेरै २८ पटक विदेश भ्रमण गर्नुभएको थियो ।

मोदीले आफ्नो कार्यकालमा सबैभन्दा धेरै १० पटक अमेरिका तथा यूएई, जापान र फ्रान्सको आठ–आठ पटक भ्रमण गर्नुभएको छ । सन् २०१९ मा उहाँको अमेरिका भ्रमणमा मात्रै ३७ करोड ७० लाख भारु खर्च भएको थियो ।

विदेश मन्त्रालयका अनुसार भ्रमणका क्रममा प्रधानमन्त्रीको बसाइ तथा अन्य सुविधाको खर्च आयोजक देशले व्यहोर्ने भए पनि सँगै जाने अधिकारी, सुरक्षा र यातायातलगायतको खर्च भारत सरकारले बेहोर्छ ।

तुलनात्मक रूपमा पूर्वप्रधानमन्त्री मनमोहन सिंहले १० वर्षे कार्यकालमा ९६ देशको भ्रमण गर्नुभएको थियो भने मोदीले पहिलो १० वर्षमा १३३ विदेश भ्रमण गर्नुभएको थियो ।