३ सय रुपैयाँको सामान किन्दा राम श्रेष्ठले जिते १० लाख रुपैयाँ
वि.सं.२०८३ मंसिर १ मंगलवार १२:५८
1.36K
shares
shares

काठमाण्डौ – सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँको बम्पर पुरस्कार विजेता घोषणा गरेको छ ।
भक्तपुरको सूर्यविनायकका राम श्रेष्ठले ३०० रुपैयाँको सामान खरिद गर्दा १० लाख रुपैयाँको पुरस्कार जित्नुभएको हो । राष्ट्रिय कर दिवसको अवसरमा आज गभर्नर विश्वनाथ पौडेलले विजेता घोषणा गर्नुभएको हो ।
कार्यक्रमअन्तर्गत दैनिक एक लाख रुपैयाँका दरले पुरस्कार जित्ने १५ जना उपभोक्ताको नाम पनि सार्वजनिक गरिएको छ ।
यसैगरी बिक्रेतातर्फ बिगमार्टका प्रतिनिधि विवेक देवले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको छ । यसपटकदेखि सरकारले खरिदकर्तासँगै बिक्रेतालाई पनि पुरस्कार दिने व्यवस्था गरेको हो ।
















