NIMB Long Banner Ad

सुन तोलामा १ हजार ९०० रुपैयाँले घट्यो

690
shares

काठमाण्डौ – सुनचाँदीको भाउ घट्ने क्रम जारी छ । आज सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँले घटेर २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन तोलामा १ हजार १०० रुपैयाँले घटेको थियो । यसअघि आइतबार १ हजार ५०० र शुक्रबार १२ हजार ६०० रुपैयाँले घटेको थियो ।

यस्तै, चाँदीको भाउ पनि आज तोलामा ३० रुपैयाँले घटेर ३ हजार ४९० रुपैयाँ कायम भएको छ ।