NIMB Long Banner Ad

भारत भ्रमणमा मोदीसँग प्रधानमन्त्री शाहको आधा घण्टा एक्लाएक्लै वार्ता हुने

3.61K
shares

काठमाण्डौ – प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग आधा घण्टा एक्लाएक्लै वार्ता हुने भएको छ ।

मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह यही ६ गते दुईदिने भारत भ्रमणमा जान लाग्नुभएको हो । प्रारम्भिक तालिकाअनुसार उहाँ आइतबार नयाँदिल्ली जाने र सोमबार विभिन्न कार्यक्रम सकेर स्वदेश फर्कने तयारी छ ।

भ्रमणका क्रममा नेपाल–भारतबीच लामो समयदेखि छलफलमा रहेका हवाई रुट, आर्थिक सहयोग, सीमा समस्या, व्यापार र जलस्रोतका विषय प्राथमिकतामा रहनेछन् । मोदीसँग सोमबार बिहान हैदरावाद हाउसमा भेटवार्ता हुनेछ ।

यसैबीच विपक्षी दलका नेताहरूले भारत भ्रमणअघि प्रमुख राजनीतिक दलसँग छलफल गरी राष्ट्रिय हितका विषयमा साझा धारणा बनाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । कांग्रेस संसदीय दलका नेता भीष्म आङ्देम्बेले दलहरूको सुझावसहित वार्ता गर्नुपर्ने बताउनुभएको छ भने एमाले महासचिव शङ्कर पोखरेलले सीमा समस्याबारे नेपालको स्पष्ट अडान राख्नुपर्नेमा जोड दिनुभएको छ ।