NIMB Long Banner Ad

चर्को आवाज निकाल्ने ४०५ मोटरसाइकल नियन्त्रणमा

1.08K
shares

काठमाडौँ – चर्को आवाज निकाल्ने तथा स्वरूप परिवर्तन गरिएका ४०५ मोटरसाइकललाई ट्राफिक प्रहरीले पछिल्लो एक सातामा नियन्त्रणमा लिएको छ ।

साइलेन्सर, डिबी किलर तथा अन्य पार्टपुर्जा परिवर्तन गरी मोटरसाइकल चलाउनेलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

नियमविपरीत मोटरसाइकलको स्वरूप परिवर्तन गरी चलाएमा सात हजारदेखि १५ हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ ।