NIMB Long Banner Ad

कार्यकर्तालाई ओलीको निर्देशन – सरकारविरुद्ध आन्दोलनका लागि तयार रहनू

920
shares

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आवश्यक परे जुनसुकै बेला सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई तयार रहन निर्देशन दिएका छन् ।

आइतबार काठमाडौँमा अखिल नेपाल किसान महासङ्घको बैठकलाई सम्बोधन गर्दै ओलीले वर्तमान राजनीतिक परिस्थितिमा आन्दोलन पार्टीको प्रमुख कार्यभार रहेको बताए ।

उनले आन्दोलनका लागि लामो तयारी आवश्यक नपर्ने भन्दै परिस्थिति असह्य भए तत्काल आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने उल्लेख गरे ।

नागरिकमा निराशा र बेचैनी बढिरहेको भन्दै ओलीले एमाले वैचारिक रूपमा स्पष्ट भएर जनपक्षीय आन्दोलनमा अघि बढ्नुपर्ने बताए । साथै, निर्वाचनमा जानुअघि पार्टीलाई थप बलियो बनाउनुपर्नेमा उनले जोड दिए ।