नेप्सेमा दोहोरो अङ्कको गिरावट, कारोबार बढ्यो
वि.सं.२०८३ मंसिर १ मंगलवार १७:२३
273
shares
shares

काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से आज १२.७९ अङ्कले घटेर २ हजार ६३६.१० विन्दुमा झरेको छ ।
म्युचुअल फन्डबाहेक सबै समूहको उपसूचक घटेको छ । आज १८५ कम्पनीको शेयर मूल्य घट्दा ८६ कम्पनीको बढेको छ भने ९ कम्पनीको स्थिर रहेको छ ।
नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । आज ३५३ कम्पनीका १ करोड १२ लाख कित्ता शेयर ४ अर्ब ७३ करोड रुपैयाँमा किनबेच भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार ३ अर्ब ५ करोड रुपैयाँको कारोबार भएको थियो ।
















