नख्खुबाट १ करोड ६७ लाख रुपैयाँसहित तीन जना पक्राउ
वि.सं.२०८३ मंसिर १ मंगलवार १८:०८
1.01K
shares
shares

काठमाण्डौ । प्रहरीले ललितपुरको नख्खुबाट स्रोत नखुलेको १ करोड ६७ लाख ३३ हजार २२० रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ ।
नख्खु चोकतर्फ जाँदै गरेको भ्यान जाँच गर्ने क्रममा बोरामा राखिएको उक्त रकम बरामद भएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा भोजपुरका ३० वर्षीय दीपक खड्का, ललितपुरका ३२ वर्षीय जयराम केसी र काठमाण्डौका २९ वर्षीय प्रज्ज्वल रिजाल रहेका छन् ।
















