NIMB Long Banner Ad

विपद्को प्रकृति पहिचान गर्न विज्ञबाट अध्ययन गराउनुपर्छ : रवी लामिछाने

351
shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पछिल्लो विपद्को वास्तविक प्रकृति पहिचान गर्न विज्ञमार्फत वैज्ञानिक अध्ययन गराउनुपर्ने बताउनुभएको छ ।

सर्वदलीय बैठकपछि बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विपद् जटिल र प्राविधिक रहेकाले अनुसन्धान आवश्यक रहेको बताउनुभयो ।

लामिछानेले प्रधानमन्त्रीले प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग निरन्तर संवाद र समन्वय गरिरहनुभएको बताउँदै खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका काममा विभिन्न सरकारी निकाय सक्रिय रहेको जानकारी दिनुभयो ।

बैठकमा विपद् व्यवस्थापन, जलवायु परिवर्तन र सरकारका कामको समन्वयबारे छलफल भएको उहाँले बताउनुभयो ।