चलचित्र विकास बोर्डको कार्यवाहक अध्यक्षमा रविलाल शर्मा
वि.सं.२०८३ भदौ १७ बुधवार १२:४१
338
shares
shares

काठमाडौँ । चलचित्र विकास बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव रविलाल शर्माले पाएका छन्।
मन्त्रालयले शर्मालाई बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो।
यसअघि बोर्डका अध्यक्ष दिनेशराज दाहाल (दिनेश डिसी) ले भदौ ११ गते आफ्नो दुई वर्षे कार्यकाल पूरा गरी बिदा भएपछि अध्यक्ष पद रिक्त थियो।
शर्माले नयाँ अध्यक्ष नियुक्त नभएसम्म बोर्डको कार्यवाहक अध्यक्षका रूपमा जिम्मेवारी सम्हाल्नेछन्।















