शुक्रबारदेखि दुई नेपाली फिल्म प्रदर्शनमा
वि.सं.२०८३ असोज १ बिहीवार १९:२८
455
shares
shares

काठमाडौँ – शुक्रबारदेखि नेपाली सिनेमा घरमा दुई फिल्म प्रदर्शनमा आउने भएका छन् । ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको ‘झिंगे दाउ २’ र राजेन्द्र बस्नेत निर्देशित ‘कार्की साइँला’ असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेका हुन् ।
‘झिंगे दाउ २’ अघिल्लो फिल्मकै दोस्रो श्रृंखला हो । फिल्ममा केकी अधिकारी, आँचल शर्मा र महेश त्रिपाठीलगायत कलाकारको अभिनय छ । पारिवारिक कथामा आधारित फिल्मले प्रिमियरमा हास्य र भावनात्मक पक्षलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरेको प्रतिक्रिया पाएको छ ।
यस्तै, जितु नेपाल मुख्य भूमिकामा रहेको ‘कार्की साइँला’ मा प्रियना आचार्य, सुशील पोखरेल, वीरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङलगायत कलाकारको अभिनय छ ।


















