NIMB Long Banner Ad

लगातार दोस्रो हारसँगै महिला भलिबलमा नेपाल समूह चरणबाटै बाहिरियो

351
shares

काठमाण्डौ । जापानमा जारी २०औँ एशियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाल लगातार दोस्रो हारसँगै समूह चरणबाटै बाहिरिएको छ ।

समूह ‘ए’ को आज भएको खेलमा नेपाल इन्डोनेशियासँग ३–० को सोझो सेटमा पराजित भयो । इन्डोनेशियाले २५–१२, २५–२१ र २५–१९ ले जित हात पार्‍यो ।

यसअघि नेपाल जापानसँग पनि सोझो सेटमा पराजित भएको थियो । समूह ‘ए’ बाट जापान र इन्डोनेशिया क्वाटरफाइनलमा पुगेका छन् । नेपालले अब वरीयताका लागि प्लेअफ खेल्नेछ ।