२०८३ असोज २ गते शुक्रबार, १८ सेप्टेम्बर सन् २०२६ को राशिफल
वि.सं.२०८३ असोज २ शुक्रवार ०६:४२
shares

आज मिति २०८३ असोज २ शुक्रबार, तदनुसार १८ सेप्टेम्बर सन् २०२६,सूर्योदय ०५ः५०, सूर्यास्त १८ः०४,भाद्र शुक्लपक्ष सप्तमी तिथि १२ः१५ सम्म, त्यसपछि अष्टमी,नक्षत्रः ज्येष्ठा २३ः१२ सम्म, त्यसपछि मूल,योगः प्रीति १५ः१९ सम्म, त्यसपछि आयुष्मान,करणः वणिज – विष्टि – बव, ऋतुः शरद ऋतु, अयनः दक्षिणायन,आजदेखि श्री महालक्ष्मी व्रत आरम्भ, ललिता सप्तमी, दुर्वाष्टमी, महालक्ष्मी व्रत संकल्पको दिन,आज शुभ कार्यको लागि उत्तम समय बिहान ०७ः२२ देखि ०८ः५४ र अमृत बेला ०८ः५४ देखि १०ः२५ सम्म। आजको यात्रा दही वाजौ खाएर निस्कनु शुभ रहनेछ ।
शिक्षा तथा परीक्षामा अनुकूल परिणाम आउने छ ।आत्मविश्वास र उत्साह बढ्ने छ । नयाँ जिम्मेवारी प्राप्त हुने छ । प्रेममा नजिक भई रमाउन सकिनेछ । शुभ रातो, अंक १
बोलचालमा संयमता आवश्यक देखिन्छ । व्यापार तथा शैक्षिक क्षेत्रमा सुधार आउने छ । जीवनसाथीको सहयोगले उपलब्धिमूलक काम बन्ने छ । शुभ सेतो, अंक ६
वैदेशिक प्रयत्नमा सफलता मिल्नेछ । बोलीको प्रभावले महत्वपूर्ण काम बन्ने, तर नजिकका साथीबाट धोका वा निराशा हुन सक्छ। शुभ हरियो, अंक ५
आर्थिक र धार्मिक गतिविधिमा उतारचढाव आउने छ । पारिवारिक मेलमिलाप,ठूलो लगानी नगर्नु राम्रो, मित्रको सहयोग मिल्नेछ । शुभ सेतो, अंक २
परिवारको सहयोग प्राप्त हुनेछ । व्यापार लाभदायक, नेतृत्वमा निखार आउने, सामाजिक प्रतिष्ठा बढ्नेछ भने अचानक सभामा सहभागी भइनेछ । शुभ सुन्तला, अंक ९
सम्पत्ति आर्जनको अवसर मिल्नेछ । तर राजनीतिक तनाव र मानसिक खिन्नता बढ्न सक्छ। आज निकै लामो यात्रामा सहभागी हुनु पर्नेछ ।शुभ हल्का हरियो, अंक ५
आर्थिक कठिनाइको सामना गरे पनि शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । दीर्घकालीन योजनाले लाभ, धनलक्ष्मी योगको कारण धनको वर्षा हुनेछ । शुभ गुलाबी, अंक ६
विरोधीको गतिविधि बढ्न सक्छ तर धैर्यले नियन्त्रणमा आउनेछ । वैदेशिक लगानी लाभदायक, चन्द्रमा आफ्नै राशिमा भएकाले सक्रियता बढ्ने। शुभ गाढा रातो, अंक
प्रशंसा र सम्मान बढ्ने, शैक्षिक अवसर विस्तार, धार्मिक विषयप्रति आकर्षण,यात्रा लाभदायि तथा मनमा आनन्दको अनुभूति रहनेछ । शुभ पहेंलो, अंक ३
दीर्घकालीन योजना तत्काल नबनाउनु, सामान्य कार्य सहज रूपमा अघि बढ्नेछ । आज साथिभाइ तथा इष्टमित्रहरुसँग भेट हुनेछ । शुभ निलो, अंक ८
शिक्षा, स्वास्थ्य र श्रममा सकारात्मक परिणाम आउने छ । सामाजिक गतिविधि सामान्य,उपाहार मिल्ने दिन छ । नविन कार्यको शुभारम्भ गरिने छ । शुभ निलो, अंक ७
आफन्तको सहयोग प्राप्त हुनेछ । शिक्षा, स्वास्थ्य स्थिर, धन–सम्पत्ति वृद्धिका लागि आज लक्ष्मी पूजन गर्नु अति शुभ रहनेछ । सोँचेको पुग्नेछ । यात्राको तयारीमा लागिनेछ । शुभ पहेँलो, अंक ९
~ज्यो.कलानिधी WhatsApp 9803032959
























