NIMB Long Banner Ad

स्वीडेनका प्रधानमन्त्री क्रिस्टर्सनले राजीनामा दिने

442
shares

काठमाडौँ । संसदीय निर्वाचनमा विपक्षी गठबन्धनले झिनो बहुमत हासिल गरेपछि स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले राजीनामा दिने घोषणा गर्नुभएको छ।

३४९ सदस्यीय संसद्मा चार विपक्षी दलले १७६ सिट जितेका छन् भने सत्तारूढ गठबन्धनले १७३ सिट पाएको छ। निर्वाचन परिणामपछि क्रिस्टर्सनले नयाँ सरकार गठनका लागि आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिन चाहेको बताउनुभएको छ।

अब संसद्का सभामुखको नेतृत्वमा नयाँ सरकार गठन प्रक्रिया अघि बढ्नेछ। विपक्षी गठबन्धनको सबैभन्दा ठूलो दल सामाजिक लोकतान्त्रिक पार्टीकी पूर्वप्रधानमन्त्री म्याग्डालेना एन्डरसन पुनः प्रधानमन्त्री बन्ने सम्भावना छ।

तर गठबन्धनभित्रका दलबीच सरकार गठनबारे मतभेद रहेकाले एन्डरसनलाई सहमति जुटाउन चुनौती देखिएको छ। नयाँ प्रधानमन्त्रीका लागि सेप्टेम्बर २९ मा संसद्मा मतदान हुन सक्ने जनाइएको छ।