कृष्णभीर खुलेपछि हेटौँडाका दुई सडक १७ दिनपछि खुल्यो
वि.सं.२०८३ असोज २ शुक्रवार १०:४२
338
shares
shares

मकवानपुर। धादिङको कृष्णभीरमा सडक सञ्चालनमा आएपछि हेटौँडाबाट काठमाडौँ जोड्ने त्रिभुवन राजपथ र कान्ति लोकपथमा शुक्रबारदेखि दुईतर्फी यातायात खुलाइएको छ।
कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ जाने सवारीको चाप बढ्दा भदौ १६ गतेदेखि यी दुई सडकमा एकतर्फी यातायात सञ्चालन गरिएको थियो।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार १७ दिनपछि दुवै मार्ग नियमित रूपमा दुईतर्फी सञ्चालनमा ल्याइएको हो। यसअघि ठूला मालवाहक तथा यात्रुवाहक सवारी काठमाडौँ जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्ति लोकपथ प्रयोग गर्ने व्यवस्था थियो।
साना यात्रुवाहक सवारीका लागि भने फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी तथा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली मार्ग प्रयोग गर्ने व्यवस्था गरिएको थियो।
















