NIMB Long Banner Ad

नेपाल प्रहरीले ३३४ पदमा माग्यो आवेदन

507
shares

काठमाण्डौ । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ ३३४ पदमा नयाँ भर्ना खुलाएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, भर्ना छनोट शाखा नक्सालले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्न सूचना जारी गरेको हो।

प्रहरी सहायक निरीक्षक (असई) २११ तथा प्रहरी कार्यालय सहयोगीतर्फ भान्से ८३, हजाम १५ र कुचीकार २५ गरी १२३ पदमा आवेदन माग गरिएको छ।

असई पदका लागि असोज १२ देखि कात्तिक १० गतेसम्म अनलाइन आवेदन दिन सकिनेछ भने प्रहरी कार्यालय सहयोगी पदका लागि सम्बन्धित कार्यालयमा उपस्थित भएर दरखास्त दिनुपर्नेछ।