निरुता र उत्तमको ‘सारथी’ शुक्रबारदेखि देशभर प्रदर्शनमा
वि.सं.२०८३ मंसिर ९ बुधवार १६:३६
shares

त्रकाठमाण्डौ – निरुता सिंह र उत्तम प्रधान अभिनीत चलचित्र ‘सारथी’ मङ्सिर ११ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ ।
कुमार गजुरेलको निर्देशनमा बनेको चलचित्रमा निरुता, उत्तम, मुकुन्दकुमार श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, मदन थापा र तुलसी गुरुङलगायत कलाकारको अभिनय छ । गिरी विश्वकर्मा र गायत्री जोशीले यसै चलचित्रबाट अभिनयमा पदार्पण गर्दैछन् ।
‘दर्पण छायाँ’बाट चर्चित निरुता र उत्तमको जोडी लामो समयपछि पर्दामा एकसाथ देखिन लागेको हो । चलचित्रको प्रदर्शनबारे जानकारी दिन आयोजित कार्यक्रममा कलाकारहरूले नेपाली चलचित्र क्षेत्रको विगत र वर्तमान अवस्थाबारे अनुभव सुनाएका थिए ।
उनीहरूले प्रविधिको विकासले चलचित्र निर्माण सहज बनाए पनि चुनौती र सङ्घर्षका पक्ष उस्तै रहेको बताएका थिए । साथै, निरुता र उत्तमले ‘दर्पण छायाँ’को दोस्रो भाग निर्माणको तयारी भइरहेको र कथा तयार भइसकेको जानकारी दिएका छन् ।
















