NIMB Long Banner Ad

चार हिमतालको जोखिम घटाउन ५ करोड डलरको आयोजना सुरु

1.2K
shares

काठमाडौँ । नेपालका उच्च जोखिममा रहेका चार हिमतालको जोखिम न्यूनीकरण गर्न सरकारले करिब ५ करोड अमेरिकी डलरको ‘ग्लोफ सञ्जीवनी’ आयोजना सुरु गरेको छ ।

ग्रिन क्लाइमेट फण्डको आर्थिक सहयोगमा बुधबार सुरु भएको आयोजनाले मनाङको डोना, सोलुखुम्बुको लुमडिङ त्सो र होङ्गु तथा सङ्खुवासभाको तल्लो बरुण हिमतालको पानीको सतह घटाउनेछ ।

आयोजनाअन्तर्गत पहिलो तीन हिमतालको पानीको सतह तीन–तीन मिटर र तल्लो बरुणको एक मिटर घटाइनेछ । यसबाट हिमताल फुटेर आउन सक्ने बाढीको जोखिममा रहेका तीन लाख ८५ हजारभन्दा बढी स्थानीय लाभान्वित हुने अपेक्षा गरिएको छ ।

सन् २०२६ देखि २०३३ सम्म सञ्चालन हुने आयोजनाका लागि ग्रिन क्लाइमेट फण्डबाट ३ करोड ६१ लाख ६० हजार अमेरिकी डलर अनुदान प्राप्त भएको छ । बाँकी रकम नेपाल सरकार, यूएनडीपी र निजी क्षेत्रको सहलगानीबाट जुटाइएको छ ।

कार्यक्रममा वक्ताहरूले जलवायु परिवर्तनका कारण बढ्दो हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न आयोजना समयमै र प्रभावकारी रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।