गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगको मान्यता
वि.सं.२०८३ मंसिर ९ बुधवार १७:२५
805
shares
shares

काठमाण्डौ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक रूपमा अद्यावधिक गरेको छ । आयोगको हिजो बसेको बैठकले कांग्रेसको नयाँ कार्यसमिति र विधान अद्यावधिक गर्ने निर्णय गरेको हो ।
कांग्रेसको १५औँ महाधिवेशनबाट थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो ।
महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले कात्तिक १६ गते विधान संशोधन, राजनीतिक दस्तावेज र महाधिवेशनबाट पारित निर्णयसहितका कागजात आयोगमा बुझाएको थियो ।
सोही कागजातका आधारमा दल दर्ता किताबमा नयाँ कार्यसमितिको विवरण अद्यावधिक गरिएको आयोगले जनाएको छ ।
















