NIMB Long Banner Ad

दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

2.65K
shares

काठमाण्डौ । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाइएका दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासले बुधबार कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न नपर्ने निर्णय गरेको हो ।

यससँगै मनोजकुमार शर्मालाई आईजीपीका रूपमा काम गर्ने बाटो खुलेको छ ।

गत कात्तिक १८ गतेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउँदै शर्मालाई नयाँ आईजीपी नियुक्त गरेको थियो ।

उक्त निर्णयविरुद्ध कार्कीले कात्तिक २० गते सर्वोच्चमा रिट दायर गरेका थिए । यसअघि अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।