सार्वजनिक ऋण जीडीपीको ४५ प्रतिशत पुग्यो
वि.सं.२०८३ मंसिर ९ बुधवार १६:२०
874
shares
shares

काठमाण्डौ – नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.०८ प्रतिशत हो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कात्तिक मसान्तसम्म कुल ऋणमध्ये वैदेशिक ऋण १५ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ र आन्तरिक ऋण १४ खर्ब ४७ करोड रुपैयाँ रहेको छ ।
सरकारले चालू आर्थिक वर्षमा ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ ऋण उठाउने लक्ष्य राखेकोमा कात्तिकसम्म १ खर्ब ५३ अर्ब ८४ करोड रुपैयाँ उठाएको छ । यसमध्ये आन्तरिक ऋण १ खर्ब २५ अर्ब र वैदेशिक ऋण २८ अर्ब ८४ करोड रुपैयाँ रहेको छ ।
यस्तै, ऋणको साँवा र ब्याज भुक्तानीका लागि छुट्याइएको ४ खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ बजेटमध्ये कात्तिकसम्म १ खर्ब ४० अर्ब ९३ करोड रुपैयाँ भुक्तानी भएको छ । यो कुल विनियोजनको ३३.७३ प्रतिशत हो ।
















