दानबहादुर कार्कीको रिट निरौला र पौडेलको इजलासमा
वि.सं.२०८३ मंसिर ९ बुधवार ११:३९
690
shares
shares

काठमाण्डौ । प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा पेसी तोकिएको छ ।
कार्कीले सरकारको निर्णय बदर, आफूलाई पुनर्बहाली र नयाँ आईजीपी मनोजकुमार केसीलाई काम गर्न रोक लगाउन अन्तरिम आदेश माग गर्नुभएको छ ।
कात्तिक १८ गते मन्त्रिपरिषद्ले कार्कीलाई आईजीपीबाट हटाएर विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको थियो । त्यसविरुद्ध कात्तिक २० गते रिट दायर भएको थियो ।
यसअघि मङ्सिर २ गते सर्वोच्चले सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो । सोमबार पेसी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन ।
















