NIMB Long Banner Ad

रोनन र समीक्षाको स्वरमा ‘कहिले होला’ सार्वजनिक

1.27K
shares

काठमाडौँ, असोज ११ गते। गायक रोनन सुब्बा र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको रोमान्टिक युगल गीत ‘कहिले होला’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

रोनन सुब्बाकै शब्द तथा संगीत रहेको गीतमा देवेश राईको एरेन्जमेन्ट छ। गीतको भिडियो रोनन सुब्बाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

नायक आकाश श्रेष्ठ, नायिका गरिमा शर्मा र कमल सिंहको अभिनय रहेको भिडियोमा प्रेमभावलाई प्रस्तुत गरिएको छ। लोकप्रिय निर्देशक निकेश खड्काले निर्देशन गरेको भिडियोमा रोशन विकको कोरियोग्राफी, उत्तम हुमागाईंको छायांकन र विकास धमलाको सम्पादन रहेको छ।

भिडियो सार्वजनिक भएसँगै दर्शक तथा स्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ।