NIMB Long Banner Ad

असोज १२ गते २०८३ आइतबार (२८ सेप्टेम्बर २०२६) को राशिफल

169
shares

आज मिति वि.सं. २०८३ असोज १२ गते सोमबार (इ.सं. २८ सेप्टेम्बर २०२६) नेपाल संवत्ः ११४६ ञलागा द्वितीया,रौद्र नाम संवत्सर, दक्षिणायन,शरद ऋतु,सूर्योदय बिहान ०५ः५६ बजे, सूर्यास्तःसाँझ ०५ः५३ बजे,तिथिः भाद्र कृष्णपक्ष द्वितीया (द्वितीया श्राद्ध) नक्षत्रः रेवती (दिउँसो १२ः१० सम्म, त्यसपछि अश्विनी) योगः ध्रुव (दिउँसो १२ः१० सम्म, त्यसपछि व्याघात चन्द्रराशिः मीन (दिउँसो १२ः१० सम्म, त्यसपछि मेष) आज सोह्र श्राद्ध अन्तर्गत द्वितीया श्राद्ध, पञ्चक समाप्ति (दिउँसो १२ः१० मा)

image

मध्याह्नपछि चन्द्रमा आफ्नै राशिमा आउने भएकाले नयाँ उत्साह र ऊर्जा थपिनेछ। रोकिएका काम बन्नेछन् भने मानसम्मानमा वृद्धि हुनेछ।

image

सोचेभन्दा बढी खर्च हुनसक्ने भएकाले वित्तीय व्यवस्थापनमा ध्यान दिनुहोला। वैदेशिक तथा दूरदराजका काममा भने सफलता मिल्नेछ।

image

आम्दानीका नयाँ स्रोतहरू खुल्नेछन्। रोकिएको धन हात पर्ने र मित्रवर्गबाट सोचेभन्दा राम्रो सहयोग प्राप्त हुने योग छ।

image

कर्मक्षेत्रमा सफलता मिल्नेछ। नयाँ कार्ययोजना वा जिम्मेवारी प्राप्त हुनसक्छ। माथिल्ला अधिकारीहरूसँगको सम्बन्ध सुमधुर रहनेछ।

image

धार्मिक र परोपकारी कार्यमा मन जानेछ। भाग्यले साथ दिनेछ भने टाढाको यात्रा वा अध्ययन–अध्यापनमा प्रगति हुनेछ।

image

मध्याह्नसम्म समय अनुकूल रहे पनि दिउँसोपछि स्वास्थ्य तथा खानपानमा विशेष ध्यान दिनुहोला। हतारमा निर्णय नलिनुहोला।

image

व्यापार–व्यवसायमा नयाँ सम्झौता हुनसक्छ। जीवनसाथीसँगको सम्बन्ध सुमधुर रहनेछ र यात्रा फलदायी हुनेछ।

image

शत्रु तथा प्रतिस्पर्धीहरू परास्त हुनेछन्। पुराना रोग वा समस्याबाट राहत मिल्नेछ। रोकिएका कामहरू क्रमशः अघि बढ्नेछन्।

image

बौद्धिक कार्य तथा अध्ययनमा सफलता मिल्नेछ। दिउँसोपछि नयाँ योजना बनाउन अनुकूल समय छ। सन्तानको तर्फबाट खुसी मिल्नेछ।

image

पारिवारिक मामिलामा केही असझदारी वा चिन्ता बढ्न सक्छ। आमा वा घरायसी विषयमा ध्यान दिनुपर्नेछ। धैर्यता राख्नुहोला।

image

आत्मबल र पराक्रम बढ्नेछ। दाजुभाइ तथा छिमेकीको सहयोगले जटिल कामहरू सहजै सम्पन्न हुनेछन्।

image

मध्याह्नसम्म चन्द्रमाको साथ रहनेछ। बोलीको प्रभाव बढ्नेछ र धन संचयका अवसरहरू प्राप्त हुनेछन्। पारिवारिक माहोल रमाइलो रहनेछ।

~ज्यो.कलानिधी WhatsApp 9803032959