रचना रिमालले रद्द गरिन् अस्ट्रेलियाका १० वटा कार्यक्रम
वि.सं.२०८३ भदौ १७ बुधवार १२:३६
325
shares
shares

काठमाडौं । गायिका रचना रिमालले नेपालमा आएको विनाशकारी बाढीका कारण अस्ट्रेलियामा तय भएका आफ्ना १० वटा तीज सांगीतिक कार्यक्रम रद्द गरेकी छन्।
एनआरएनए वुमन फोरम नारीकुञ्ज अस्ट्रेलियाले विभिन्न सहरमा आयोजना गर्न लागेको ती कार्यक्रममा रिमालको प्रस्तुति तय थियो। बाढीपछि सुरुमा कार्यक्रम स्थगित गरिए पनि बुधबार सबै कार्यक्रम रद्द गरिएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्।
रिमालले देश विपद्मा परेका बेला आफूले तीज कार्यक्रम गरेर उत्सव मनाउनु उचित नलागेको बताएकी छन्।















