NIMB Long Banner Ad

पद्म नर्सिङ होमले बाढीपीडितका लागि दियो १ लाख ११ हजार सहयोग

247
shares

पोखरा। पद्म नर्सिङ होम प्रालि, नदीपुर पोखराले भोटेकोशी र त्रिशूली बाढी प्रभावित नागरिकका लागि १ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

भदौ १० गते आएको बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नर्सिङ होमले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

नर्सिङ होमका अनुसार रकम नबिल बैंक लिमिटेडमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको छ।