NIMB Long Banner Ad

महामारीमा ‘प्रतिक्रियाभन्दा रोकथाम’मा जोड दिन परराष्ट्रमन्त्री खनालको आग्रह

611
shares

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालमा संकट आएपछि प्रतिक्रिया दिनेभन्दा पहिले नै रोकथाम र पूर्वतयारीमा जोड दिन विश्व समुदायलाई आग्रह गर्नुभएको छ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाअन्तर्गतको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले महामारी रोकथाम, पूर्वतयारी र प्रतिकार्यमा बहुपक्षीयता, समानता र ऐक्यबद्धतालाई केन्द्रमा राख्नुपर्ने बताउनुभयो।

कोभिड–१९ ले स्वास्थ्य सेवासँगै खोप, औषधि, प्रविधि र वित्तीय स्रोतमा रहेको असमानता उजागर गरेको उहाँको भनाइ थियो।

मन्त्री खनालले महामारी तयारीका लागि समानता, दिगो वित्तीय स्रोत, विश्व स्वास्थ्य सङ्गठनको नेतृत्वमा सहकार्य, ‘वान हेल्थ’ अवधारणा र युवाको सहभागितालाई नेपालले प्राथमिकतामा राखेको बताउनुभयो।

उहाँले स्वास्थ्य प्रणाली सुदृढीकरण, दक्ष जनशक्ति, रोग निगरानी, प्रारम्भिक चेतावनी, अनुसन्धान र समुदायस्तरको तयारीमा लगानी बढाउन पनि आग्रह गर्नुभयो।