समूह विजेता बनेको नेपाल क्वाटरफाइनलमा श्रीलंकासँग खेल्ने
वि.सं.२०८३ असोज १० शनिवार १२:५६
1.42K
shares
shares

काठमाडौँ — जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा घरेलु टोलीसँगको खेल वर्षाका कारण नतिजाविहीन भएपछि नेपाल समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ।
नेपाल र जापानले १–१ अंक बाँडेपछि नेपाल ३ अंकसहित समूह ‘ए’को विजेता बनेको हो। नेपालले मंगलबार बिहान पौने ६ बजे क्वाटरफाइनलमा श्रीलंकासँग खेल्नेछ।
वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा नेपालले ४ विकेट गुमाएर १४९ रन बनाएको थियो। सन्दीप जोराले अविजित ५७ र लोकेश बमले ५२ रन बनाए। त्यसपछि पुनः वर्षा भएपछि खेल अघि बढ्न सकेन।
यसअघि नेपालसँग ५ विकेटले पराजित अफगानिस्तान उपविजेता बन्दै अन्तिम आठमा पुगेको छ।















