NIMB Long Banner Ad

प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फिर्ता

प्रधानमन्त्री बालेन्द्र शाह असोज ६ गते दोहा हुँदै न्युयोर्क जानुभएको थियो, असोज ९ गते शुक्रबार बिहान UN महासचिव गुटेरेसलाई भेट्नुभयो र सोही दिन UN महासभामा नेपालको तर्फबाट सम्बोधन गर्नुभयो, शनिबार असोज १० गते / Sep 26 मा दोहा हुँदै काठमाडौं फर्किनुभएको छ

2.76K
shares

असोज १० काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह शनिवार स्वदेश फर्किनु भएको छ। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई शनिबार स्वदेश फर्किनु भएको हो।
गत असोज ६ गते कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाहले नेपाली समय अनुसार असोज ९ गते शुक्रबार बिहान संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो।
त्यसलगत्तै उहाँले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुभएको थियो। भ्रमणका क्रममा न्युयोर्कस्थित नेपाली स्थायी नियोगमा आयोजित विभिन्न ब्रिफिङ तथा औपचारिक स्वागत समारोहमा सहभागी हुनुभएका प्रधानमन्त्री शाह न्युयोर्कबाट दोहा हुँदै शनिबार काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको छ।