NIMB Long Banner Ad

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

690
shares

काठमाण्डौ । सरकारले आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ ।

कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ र १ देखि ५९ महिनाका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ ।

दशैँको सार्वजनिक बिदाका कारण यस वर्ष कात्तिक २ र ३ गते सञ्चालन हुने कार्यक्रम सारेर आज र भोलि गर्न लागिएको हो ।